घुमक्कड, अध्ययन र अनुसन्धान:पहिलो दिन

आजको हाम्रो प्रस्थान नेपाल माउन्टेन एकेडेमीबाट हुन्छ। कलचरल टुरको पहिलो दिन र पहिलो पटक भएकाले होला हामी सबैका लागि नयाँ र अनौठो छ। मैले यसरि भन्दा सायदै न्याय दिन सक्छु होला। व्यक्तिगत रुपमा भन्नु पर्दा मेरो लागी नयाँ छ. ६: ३० मा कलेज बाट हामी सुमोमा जुनेबेसिकोलागि प्रस्थान गर्दा म सबै रुपमा तयारी छु। सबै रुपमा तयारी भन्दा शारीरिकमानसिक रुपमा पूर्ण तयारी छु। जब हाम्रो यात्रा काठमाडौंबाट सुरुवात भयो तब मेरो लागि मैले देख्ने हरेक परिदृष्य अवलोकन गर्न र हरेक क्षणको आनन्द लिइ प्रक्रितिसंग मग्न मुग्ध हुनु पहिलो प्रथमिकता थियो।

बिहानको खाजाको लागि नमोबुद्द-०७, भकुण्डेबेसी,काभ्रेमा
केहि समय पश्चात हामीले अरनिको लोगमार्ग हुदै उपत्यका छोड्यौ । एक पछी अर्को ठाउँ फेरिदा नयाँ ठाउँसंगै हावापानीजनजीवन उस्तैउस्तै र फरकको महशुस भने अवस्य भईरहयो। मैले सुन्नमा र पढ्नुमा भन्दा आफैले भोग्नुमा र देख्नुमा मैले यो ठाउलाई दिमागमा कल्पना गरेर बनायको तस्बिर भन्दा फरक महशुस गरे । यात्रामा देखिने बिबिध पक्षलाई मेरो नजरबाट मेरा यी नयनले देख्नु थियो। मैले देखे र फरक किसिमको तस्बिर मैले सदैबकोलागी मस्तिस्कमा सुरक्षितरूपमा राखे फेरी आवस्यक पर्दा सम्झिने गरि।
यात्रामा कल्चरल फिल्ड सुपरभाइजरका साथ हामी बिद्यार्थी
यात्रामा कल्चरल फिल्ड सुपरभाइजरका साथ हामी बिद्यार्थी

हामी ११ बजे बिहानको खानाको लागी घुर्मीउदयपुरमा पुग्यौ । सुनकोसी नदिलाई हेरेर सबै साथीहरुसंग खाना खानुको रमाइलो आहा ! क्या रमाइलो थियो । खान खाइसकेपछी हामि हाम्रो आजको गन्तब्य गार्माको लागि अगाडी बढ्यौ। यात्रामा कतै घुम्तीकतै खोलानालापहाड ,सानासाना थुम्की,भन्ज्यांग हुदै बि.पी लोगमार्गमध्यपहाडी लोगमार्ग हुदै देब्रे मोडेर सगरमाथा लोगमार्गललाई पछ्याउदै उकालो लाग्यौ।

गार्मामा बन्दै गरेको नेपाल माउन्टेन एकेडेमिको भवनको अवलोकनको लागी प्रेबेसद्वार हुदै एकेडेमीको परिधिभित्र
हाम्रो यात्रामा जति अगाडी बढ्दै गयौ त्यति धेरै रमाइलो बातावरण देखिन्थ्यो। हामी अनलक्की थियौ भन्दै थिए संगै यात्रा गर्ने मेरा साथीहरु;कुहिरोले ढपक्कै भएकाले पातलेडाडा(२८४०m)बाट देखिने हिमाल देख्न नपाउदा र सडक बाहेक वरिपरिको दृस्य नदेखिदा। मेरो यसमा अनुभव भने अलि भिन्न र फरक थियो।जब यस्तो बातावरण भयो तब मलाई चिसो सिरेटोले स्वागत गरेको महशुस हुन्थ्यौलाग्थ्यो मौसम लजायर प्रकृति नदेखिनेगरी पातलो सलले आफैलाई गर्ल्याममै ओढे त पनि मेरो लागि उसको यहि पहिरन देख्नु र यहि क्षणको रमाइलो लुट्न पाइरहेको छु।
मौसम परिवर्तनसंगै जति माथि- माथि बढ्दै थियौ हरेक कुरामा बिबिधता देखिदै गयो । बोटबिरुवामा बिबिधतामौसममा बिबिधताकलासस्कारमा बिबिधताघरको आर्किटेक्टमा बिबिधतापहिरनमा बिबिधताजीवनशैलीमा बिबिधताभाषामा बिबिधतायति मात्र नभयर भैगालिक बिबिधता साचिकै है ! हाम्रो देश नेपाल यहि बिबिधता हुदैन थियो भने अहिले नेपाल भनेर जुन प्रकारको दिमागमा सुन्दताले भरिपूर्ण देश नेपालको इमेज सायदै बन्दैन थियो होला।यहि बिबिधता अनि बिबिधता भित्रको एकता छ र त सुन्दर छ नेपाल।यसरि हाम्रो पहिलो दिन गार्मामा पुगेर अन्त्य भयो।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top