दिन ३: रिसर्चको पहिलो दिन

पानि परेर सबै जना नमज्जाले निथुर्कै भिज्यौ। पानीले भिजेको शरिर र जुनबेसीको जाडो!जुनबेसी पुग्ने बितिकै हामि ओत लाग्नको लागि भए पनी जुन पायो त्यहि होटेलमा छिर्यौ।होटेलमा केहीबेर तातो चिया खायौ। यसै बिचमा हामिलाई स्वागत गर्न नोर्यंग होटेलको होटेल संचालक जो हाम्रो कलेज नेपाल माउन्टेन एकेडमीको भुतपुर्ब कार्यकार्यी निर्देशक हुनुहुदो रहेछ आउनु भयो। र हामीलाई हाम्रो रिसर्च अवधिभर बस्नको लागि एकेडेमिले उहाको होटेलमा बस्ने व्यवस्था मिलाएको रहेछ उहाको होटेलमा हामि सबैजनालाई बस्न ठाउ नहुने भएकाले १० जनाको लागि अर्कै सोनाम स्नोकर एण्ड बारमा व्यवस्था मिलाइएको रहेछ। हामि केहि जना साथीहरु र हाम्रो सरहरू उहाहरुसंग गयौ। हामि १० जना अर्को होटेलमा बस्यौ भने अरु साथीहरु उहाको होटेलमा बस्ने भन्ने कुरा भयो तर यहि कुरालाई लिएर अलि समस्या आयो जुन कुरालाई म यहाँ हाइलाइट गर्न चाहदैन पछी सहजै सामाधान पनि भयो। केहि अवधिपछी हामि सबै जना एकेडेमीले भनेबमोजिम नोर्यंग होटेलमा भेला भयौ दिनभरको कुरालाई रिकल गर्यौ अघिको समस्यालाई संवादबाट सामाधान गर्यौ। यहि बिचमा भुतपुर्ब कार्यकार्यी निर्देशकको मन्तब्य सुन्यौ।नेपाल माउन्टेन एकेडेमि जन्मिनुमा उहाको ठुलो देन रहेछ। उहालाई हामि सबै बिर्द्यार्थी सम्मान गर्छौं । आजको साझको ब्रिफिंगपछी हामि तल अर्को होटेलमा बस्ने १० जनाको लागि साझको खाना त्यहि खानु पर्ने र बिहानको नोर्यंग होटेलमा खानु पर्ने भएकाले हामि त्यहाँ बाट छुटेर तल आयौ खाना खायौ,हिजोको दिनलाई यसरि बिदाइ गरेका थियौ।





जुनबेसी,समुन्द्री सतहबाट २७०० मिटर (८८०० फिट) उचाईमा अवस्थित दुधकुंड नगरपालीका, सोलुखुम्बु प्रदेस नम्बर १ मा पर्ने एक सुन्दर सदियौ देखि शेर्पासमुदाय बस्दै आयको गाउँ हो। जुन गाउँ ऐतिहासिक तवरले ३५० वर्ष पुरानो गाउँ मानिन्छ। यहि गाउँमा German anthropologist Sherry B. Ortner, Huge R. Downs, Barbara N. Aziz, Japanese Yutaka Ageta र यस्ता थुप्रैले फिल्ड वर्क र PH.D सन् १९६० र ७० को बिचमा गर्नुभयको थियो भने हाम्रो नेपालको इतिहासमा सन् १९८० मा रमेस राज कुवरले यसैमा PH.D गर्नु भएको थियो। डा. रमेस राज कुवर नेपालको शेर्पा समुदायमा PH.D गर्ने पहिलो नेपालि हुनुहुन्छ। जुनबेसी धार्मिक, ऐतिहसिक,कला,सस्कार, र सस्कृतिले धनि भएकाले मानवशास्त्र अध्ययन अनुसन्धान गर्ने विद्यार्थीकोलागि उपयुक्त ठाउँ हो। तसर्थ, हाम्रोलागि जुनबेसी प्रमुख रोजाईमा पर्यो र पानीसंगै हामीलाई जुनबेसीले न्यानो स्वागत गर्यो।
आज दिन ३,आजको दिनको सुरुवात पनि मेरो बिहानको निर्त्यकर्मसंगै सुरुवात गर्य। म मानसिक रुपमा आफ्नो यहा जुनबेसी आउनुको मुख्य उदस्यलाइ पुर्रा गर्न तयारी भए। ५:३० बज्यो सबैजना उठेर तयारि भए। हामि बसेको होटेल र हाम्रो सरहरू अनि अन्य बाकि साथीहरु बसेको होटेलको दुरी करिब ५०० मिटर थियो। दुइ होटेललाई बिचमा एक खोलाले छुट्याएको थियो जसले गर्दा एक वारि र एक पारि पर्थे त्यसै बिचमा सन् १६३५ मा स्थापना भएको नेपालको सबैभन्दा पुरानो मोनास्ट्री छ जसको नाम हो जुनबेसी मोनास्ट्री । जुन पछी अठारै सताब्दी र सन् २००७ मा पुन मर्मत गरिएको थियो। यो मोनास्ट्री बुद्धिस्ट धर्मावलम्बीहरुको प्रमुख आस्थाको केन्द्र हो जहा दुम्जी (Dumdje) र न्युंगे(Nyunge) चाडपर्व मनाइन्छ। यी चाडपर्व शेर्पा समुदायका प्रमुख चाडपर्ब भित्र पर्दछन।
समयमा नै उपस्थित हुनपर्ने म अनि मेरो साथि मिंग्मा यसै मोनास्ट्री हुदै, अवलोकन गर्दै र केहि तस्बिर लिदै ६:०० बजे उक्त नोर्यंग होटेलमा पुग्यौ ।होटलमा प्राय: साथीहरु उठिसकेका थिए भने कोहि भर्खरै उठ्दै थिए।संगैको साथीहरु मध्येबाट एउटा साथीले भने ,” यो होटेलमा हामि केटाहरुको लागि एउटा मात्र चर्पी छ। हामि यतिका जना छौ यार छिट्टै उठेर लाइन बस्न पर्छ । गाह्रो छ ” भन्दै मुस्कुराय । हामि संग अझ आधा घण्टा जति समय थियो बिहानको खाजा खानलाई त्यो अवधिबीच के गरुम-गरुम भन्ने भएको थियो। यतिकैमा मैले अनिस दाहाल दाइ, जो हाम्रो सिनियर पहिलो ब्याजको दाइ र बि.एम.एस असिस्टेन्ट पनि फेर्स भएर “Tiger for Breakfast” पुस्तकमा एकोहोरो घोत्लिएको देखे। नजिकै गए र Good morning दाइ भन्दै छेउमा बसे। अनि हाम्रो केहि बेर क्याजुअल यतिकै संवाद भयो अनि मैले टपिक्स फेरे र हाम्रो रिसर्च टपिक्स “इम्प्याक्ट अन द शेर्पा कम्युनिटिको बारेमा सोधे दाइले धेरै आइडिया दिनुभयो। पहिलो दिन रिसर्चको भएकाले पनि होला मलाई अलि कौतुहलता बढी लागेको थियो। केहि छिनको संवाद पछी सबै साथीहरुको उपस्थिति भयो तर अलि हामी सबै समयमा थिएनौ ढिलो भएकाले नै वार्म अप गर्न भएनौ यसमा अनिस दाइले जोड्नुभयो हामि माउन्टेनेरिंग स्टुडेन्टले दिनको सुरुवातमा अलि वार्म अप नगरी दिनको सुरुवाती गर्दा भोलिका दिनमा गाह्रो हुन्छ अनि पन्चुवालिटि पनि हुन पर्यो भन्नुभयो।
घडीले बिहानको ६:३० बजायो। ब्रेकफास्ट तयारी भयो हामि लस्करै बस्यौ र हामीले बिहानको ब्रेकफास्ट लग्यौ। ब्रेकफास्टमा रोटि, अण्डा र तरकारी थियो। हामी सबैजनाले ब्रेकफास्टको स्वाद मज्जाले लियौ। कलेजमा तरिका, ग्रुप बिभाजन अनि टपिक्सको बारेमा राम्रो जानकारी हाम्रो रिसर्च सुपरभाइजर तथा हाम्रो अन्थ्रोपोलोजी शिक्षक डा. खड्ग नारायण श्रेष्ठले भनेता पनि हामि सबैकालागि नौलो थियो जसका कारण हामीमा अलि अलमल र कन्फ्युजमा थियौ तर मैले सबै साथीहरुको अनुहार अध्ययन गर्दा लाग्थ्यो सबैमा छुटै किसिमको एक्साइट्मेंट छ। कौतहलता छ ।केहि नया सिक्दै छौ भन्ने उनीहरुमा आभास भएको मलाई महशुस भयो । सरहरुले ग्रुप वाइज आजको लागि दिनभरी गरिने कार्य अनि फेरी मेथडहरु ब्रिफिंग गर्दिनु भयो। हाम्रो ग्रुपमा चार जना थियौ नबिन केसी, लक्ष्मन गुरुङ, नुजा मान्नधर अनि म अक्कल बहादुर ऐडी। हामि सरहरुको सल्लाह बमोजिम नै खाना खानु भन्दा अघि त्यो जुनबेसी ठाउकोको जस्ट अवलोकनको लागि मात्र निस्कियौ। हाम्रो अरु साथीहरु पनि सरहरुको सल्लाह बमोजिम आ- आफ्नो कार्यक्षेत्रमा गए। बाटोमा बिबिध कुराहरुको अवलोकन गर्यौ जसले गर्दा हामीमा अझ बृस्तुत रुपमा बुझन मदत गर्यो र हामीमा कन्फिडेन्स आयो। यस्तै ३ घण्टाको अवलोकन पस्चात हामि बिहानको खाना खान नोर्यंग होटेल (Noryang Hotel) आइपुग्यौ।हामि आइपुग्दा सबै गुर्पका सबैजना साथीहरु आइसकेका थिएनन। केहि समय पछी सबै जना आइपुग्य। हामि फेरी लस्करै बसेर बिहानको खाना खायौ । फेरी आ- आफ्नो कार्यक्षेत्रमा लाग्यौ।
आजको हाम्रो टारगेट भनेको कृषकलाई टुरिजमले कस्तो इम्प्याक्ट पारेको छ त्यो बुझ्नु अनि अध्ययन अनुसन्धान गर्नु थियो। तसर्थ, हामीले बिबिध प्रस्न १० जना जसमा ५ जना महिला र ५ जना पुरुषलाई सोधेका थियौ। ५ जना महिलामा फुल्मा लामा ५४ वर्ष, छोटि लामा ४८ वर्ष, पासि शेर्पा ६४ वर्ष, यांजी लामा ३३ वर्ष र दावा जान्मु शेर्पा २७ वर्ष हुनुहुन्थ्यो भने पुरूषमा पासङ नर्बु शेर्पा ६० वर्ष, पोमी लामा ३७ वर्ष, अन्छलु लामा ५२ वर्ष, दावा तेन्जी शेर्पा ३९ वर्ष र सोनाम गाल्जेन लामा ३३ वर्ष हुनुहुन्थ्यो। उहाहरुको भनाइ अनुसार हामीले यसठाउमा पर्यटनले शिक्षा, स्वास्थ्य, आर्थिक, वातावरण, जीवन, समाज, भाषा, रहनसहन, लुवाईखुवाईमा प्राभाव पारेको पायौ तर उहाहरुले भन्दै हुनुहुन्थ्यो खै बाबुहरू हामि पहिला जे गर्थ्यौ त्यहि अहिले गरिरहेका छौ। हाम्रो दिनचर्या यसरि नै बितिरहेको छ तर उहाहरुसंग कुराकानी हुदै जादा उहाहरुले सबैकुरा भन्दै जानुभयो। बाहिरि भाषा सस्कार र सस्कृति भित्रीएको छ। जसले गर्दा हामी पहिलाको शेर्पा र अहिलेको शेर्पामा धेरै भिन्नता ल्याएको छ। आजभोली बालबच्चाले आफ्नै भाषा, चाडपर्ब रितिथिति, चालचलन, जीवनशैली र लुवाइखुवाई प्रति धेरैको चासो राख्दैनन् कहिँ लोप हुने त हैन भन्ने कुरामा चिन्तीत छौ भन्नुभयो। यसमा हामि सबैजनाको गम्भिर ध्यानाकर्षण हुनपर्छ भन्ने कुरामा जोड पनि दिनुभएको थियो।आफ्नो दैनिकी र बर्षभरी गरिने हर क्रियाकलापको बारेमा खुलेर हामीसंग संवाद गर्नुभयो।
सबैभन्दा मलाई व्यक्तिगत रुपमा मन परेको कुरा त हाम्रा नमिठा अनुभव र भोगाइबाट हाम्रो सन्तानले भोग्न नपरोस बाबु हामि पढेनौ पढ्ने वातावरण थिएन स्कुलहरु थिएनन आखा छन् तर हामि देख्दैनौ तसर्थ हामि जति दुख सुख गरेर भएपनि बालबच्चालाई पढाउने हो ठुलो मान्छे बनाउने हो भोलिका दिनमा पढेर यहि गाउमा आएर गाउको बिकासमा लागोस । यो कुर्राले साच्चै मेरो मन जित्नुभयो ।
यसरि कुरागर्दा गर्दै समय बितेको पत्तै भएन सरहरुले दिनुभएको समयमा हामि होटेल पुगिसक्नु थियो। हामि फर्कियौ उहाहरु संग बीदा मागेर। समय साझको ६:०० बजिसकेको थियौ हामि होटेल पुग्यौ सबैजना आउनेक्रम जारि नै थियौ। सबैजना साथि आइपुग्य साझको ब्रिफिंग सुरु भयो। आजको सबै गतिविधि हामीले सरहरुलाइ एक एक गरेर सुनायौ। करिब १:३० घण्टाको ब्रीफिंगमा हाम्रा कमि कमजोरिलाइ सरहरुले औल्याईदिनुभयो सल्लाह सुझाब दिनुभयो। हामिले ध्यानदिएर सुन्यौ।ब्रिफंग पछी हामि साझको खाना र सुत्नको लागि १० जना सोनाम स्नोकर एण्ड बारमा गयौ। खाना खायौ। दिनभरको क्रियाकलापललाई मैले यसरि लेखे। समग्रमा आजको दिनको रिसर्च धेरै राम्रो भयो। अनि हाम्रो ग्रुपका साथीहरु मिलनसार ब्यबहार, सहयोगी अनि आत्मिएता अनि हामीले संवाद गरेका माथि मैले उल्लेख् गरेका हरेक व्यक्तिहरुको असल स्वाभाब अनि खुल्ला हिर्दय यी बिबिध असल पक्षले आजको दिनलाई यादगार अनि रिसर्चलाई सफल बनायो। १० बज्यो निन्द्राले छपक्कै छोप्यो अनि भुसुक्कै निदाएछु।

