जीवन फिक्सन हो ।यहाँ कुनै सत्य छैन ।सबै मिध्या छ। जो जति हामी सत्य मान्दै आएका छौ हामी एक अर्का प्रतीको ट्रस्ट अर्थात बिश्वास हो । फर्केर हुमन इभोलुसनलाई हेरौं ।त्यहाँ केही पनि छैन ।न धर्म छ न कुनै नीति नियम न कुनै प्रीन्सिपल छ।छ त केवल फिक्सन !
बिस्वको सबैभन्दा पुरानो सरल र सहज धर्म एनिमिजम हो ।
हाम्रा पू्र्खाहरुको इभोलुसन हुँदै गर्दा उनिहरु अहिले जति यति हिम्स्रक, तड्किलो भड्किलो थिएनन् । उनिहरु प्रकृतिवादी थिए । उनीहरु जङ्गलमा अरु जनावरसङ्गै बस्थे ।अरु जनावर उनिहरुका साथी थिए । हाम्रा पुर्खाहरुले उनिहरुलाई आफू बराबरी ठान्थे ।
समयको माग भनौ वा हाम्रा पुर्खाहरुको इभोलुसन ।उनिहरु त्यही सतहमा लामो समयसम्म रहिरहेनन। उनिहरुलाई त्यही जङ्गलमा रहदै गर्दा धेरै समस्या भोग्नु पर्यो ; अरु हिम्स्रक जनावरवाट डर, खाना जम्मा गर्न कठिनाई र विभिन्न रोग र प्रलयको सामना मुख्य समस्या बन्न पुग्यो।
अव हाम्रा पुर्खामा चेतना शक्ति बड्दै जान्छ ।दैनिक जीवनका आवस्यक पुर्ती गर्न नयाँ-नयाँ तौरतरिका अपनाउछन । जङ्गलका बोट्बिरुवाका भाला तरवार बनाउछन।त्यही जङ्गलमा सङ्गै बस्दै आएका अरु जनावरको शिकार गर्न सुरु गर्छन । बर्सात र चिसो छल्न रुखका लभेदाहरु आफ्नो शरिरमा लपेट्छन । बस्नको लागि आफुलाई सहज हुने ठाउँको खोजिमा लाग्छन ।
बिकासक्रम हुन धेरै समय लाग्यो ।धेरै समयपछि उनिहरु नदि किनारमा बस्न थाले; नदि किनाराका बगरहरुमा रहेका ढुङ्गाका हातहतियार बनाउन सजिलो, पानीको सहज पहुँच, शिकार आफै पानी खान त्यही नदिको किनारमा आउने, नदि किनार परिधिभित्रका रुख बिरुवाबाट आफुलाई आवस्यक पर्ने समाग्री बनाउन सहज हुने र गुफा र ओढार थुप्रै हुनु नै हाम्रा पुर्खाको लागि नदि किनार प्रमुख रोजाइ बन्न पुग्यो।
अब यहि समयवाट हाम्रा पुर्खाहरुको बिकासक्रम तिब्र हुन्छ। उनका बिचारहरु अझै बड्दै जान्छ । नयाँ सोच र बिचारहरुले हाम्रा पुर्खालाई एक पछि अर्को सफलता मिल्दै जान्छ। अब उनिहरु जङ्गलका फलफुल, कन्दमुल र शिकारमा मात्र सिमित रहेनेन अब उनिहरुको डुलुवा प्रवृत्ति केही हद सम्म कम हुँदै जान्छ।उनिहरु खेतिपाती गर्न सुरु गर्छन । बस्नको लागि गुफा र ओडारलाई बिकसित गर्छन ।
सोच अर्थात दृस्ठिकोणले नै मान्छेलाई एक पछि अर्को परिवर्तन गराउने हो । यदि सकारात्मक दृस्ठिकोण भए आउने भबिस्य सकारात्मक र सहज हुने हो यसको बिपरित नकारात्मक दृस्ठिकोण भए असहज । ठ्याक्कै! यहि सिद्धान्त हाम्रा पुर्खामा लागू हुँदै गयो । उनिहरुका सोच र बिचारले उनीहरुलाई विकसित बनाउदै लग्यो ।
बस्दै रहदै आएको समुहमा यस्तै बिचारले हाम्रा पुर्खाहरुमाझ समस्या खडा हुन्थ्यो ।यो समस्या निराकरण गर्न उनिहरु आफुले सक्ने जतिको मस्तिष्क प्रयोग गरेर समस्या निराकरण गर्थे ।कति, समस्याको समाधान भेटिन्थ्यो त कतिपय भेटिदैनथ्यो । समस्या समाधान नहुदा; जो बलियो छ उसको हेपाही सहनु पर्यो वा समुहबाट अलग्गिनु पर्यो हाम्रा पुर्खाहरुसङ्ग यी दुई वटा बिकल्प हुन्थे ।
हाम्रा पू्र्खाका बिचारलाई लगाम लगाउन र बिचारहरुको चुरो भेटाउन अब नीति नियमको आवश्यकता थियो । जसको फलस्वरूप: अब यहाँ बाट नै पोलिथिस्टिक धर्म अर्थात बहुदेबबादी धर्मको बिकास सुरु हुन्छ । अब हाम्रा भगवान फरक हुन्छन ।बिचार फरक हुन्छन । सस्कार फरक हुन्छ । दर्शन फरक हुन्छ। को भन्दा को ठूलो भन्ने त त र म म को बिचार अघि बड्छ। यती मात्र नभएर सुरुको धर्म परिस्कृत हुन्छन् । उपधर्म बन्छन । जुन प्रवृत्ति अहिले पनि छ।
अन्त्यमा: यो सबै हाम्रो फिक्सन हो ।मेटाफोर हो । समय असीमित छ ।असीमित समयमा हामी यो ब्रह्माण्डमा रहेका सम्पुर्ण प्राणीको निस्चित समय छ । यहि निश्चित समयभित्र विभिन्न वाद उपवादले हामी थिचीका छौँ ।हामिलाई रितिरिवाजले लगाम लगाएको छ ।धर्मको दाम्लोले बाधिएको छ । यहाँ कोहि सत्य छैन । यस्ता प्रवृत्तिबाट उन्मुक्ति अहिलेको लागि स्वधर्म हो ।