एक हप्ताको सत्संग श्रीमद्भागवतगितासङ्ग

हाम्रो पृथ्वी रहस्यमय छ ।यहाँ अहिले सम्म सबै थोकको गहन अध्यन र अनुसन्धान हुन सकेको छैन; यश कुरामा यसै बिषयमा अध्यन, अनुसन्धान गरेका बिज्ञबाट बिज्ञले गरेका खोजमुलक सामाग्रीले प्रष्ट पारेका छन ।

हामीले यश रहस्यमय पृथ्वीमा जन्म लियौ अहिले यसै धर्तीमा आ-आफ्नो कर्म गरेर जिबिका चलाइरहेका छौं र भोलि यी सबै जायजेथा छोडी हाम्रो यो शरिर सदाको लागि यहि छोडेर यहि माटोमा मिल्ने छौँ ।

हामी मानिसमात्र यो पृथ्वीका सर्बश्रेष्ठ प्राणी हौँ ।यो कुरालाई धेरै अनुसन्धानले प्रमाणित गरेको छ । हामिले यहि प्रमाणित गरेको कुरालाई आधार मानेर यहि कुरा सत्य हो यो असत्य हो भनेर दाबी गर्दछौ र बिश्वास पनि ।

हामी मान्छेलाई हाम्रो यो दिमागले नै धेरै दु:ख दिएको छ ।कसरी भन्नुहुन्छ भने म यहाँ मेरो बिचार राख्दछु ।यहाँले स्वीकार नगर्न पनि सक्नुहुन्छ ।
हामी के सोच्छौ कर्म त्यही गर्छौ र फल पनि त्यस्तै पाउछौ।
आज हामी जे कर्म गर्छौ त्यसको फल भोलि पाउछौ ।आज हामी गलत बाटोमा छौ अबस्य पनि भोलि हामिले धेरै कुराको सामना गर्नुपर्ने छ ।हामिले धेरैका नकारात्मक टिप्पणी सुन्न पर्ने छ ।आज बिश्वास गर्नेले भोलि बिश्वास गर्न छोड्नेछन ।भोलि हाम्रो जीवन सहज हुने छैन ।तर, यसको उल्टो यदि हामी सत्मार्गमा छौं भने हाम्रो भोलीको जीवन सहज हुनेछ । हामी कस्तो सुन्छौ, कस्तो पढ्छौ, कस्तो खान्छौ, कस्तो सङ्ग संगत गर्छौ, कस्तो कुरालाई व्यबहारमा उतार्दछौ आदि जस्ता कुराहरुको निर्धारण र निर्देशन हाम्रो दिमागले गर्ने गर्दछ ।तसर्थ, हाम्रो दिमाग नै त्यस्तो चिज छ जसले हाम्रो जिवनलाई निर्धारण गर्छ ।र, सुखदुःखको निर्धारण नै हाम्रो दिमागले गर्ने गर्दछ।

हामिले सोच्ने, चिन्तन मनन गर्ने गर्दछौं ।हामी आ-आफ्ना कर्म र इन्ट्रेस्ट अनुसारको बात मार्छौ, साथी बनाउछौ सुखदुःख एक आपसमा बाड्ने गर्दछौं ।

हाम्रो जिवनको कुनै नै कुनै क्षणमा हामी आफ्नो जीवनप्रती भावुक बन्छौ ।आफुले आफुलाई प्रस्न गर्छौं
म को हु ?,कहाँ बाट आए होला? , कहाँ जाने होला,आफ्ना सपनाहरू कसरी पुरा गर्ने , आफ्नो व्यक्तित्व  कसरी बनाउने, सकारात्मक ऊर्जा कहाँबाट ल्याउने, खुसी के हो? जतिसुकै ठुलो समस्याको समाधान कसरी गर्ने? राम्रो एवंम न्यायिक निर्णय कसरी लिने? बिछोडपन बाट  कसरी बाहिर निस्कने?  भावनात्मक स्थिर कसरी हुने? कुनै पनि व्यापार- व्यवसायमा कसरी प्रगति गर्ने?मेहनत कसरी गर्ने?जिन्दगी जीउने सही तरिका के हो?आत्मा के होला ? आत्मा मर्छ होला कि नाई ? आत्मा यश सृष्टिमा कहाँ देखि आउँछ होला ? मन बुद्दी के होला ? के हाम्रो आत्माले पुनर्जन्म लिन्छ होला कि नाई ?
के हाम्रो आत्मा हाम्रो मृत्यु पछि पशुपन्क्षी, बोट्बिरुवा,कीटपतङ भएर जन्मिन्छ होला कि नाई ? , आत्माको ८४ जन्मको कहानी सहि हो या हैन ?
जीवन मुक्ति के हो ? हाम्रो आत्माको तीन कालको कहानी के हो भन्ने जस्ता बिषयमा सरल र सहज तरिकाले  नेपाली भाषामा ट्रान्स्लेट गरिएको हिन्दु धर्मको धार्मिक गर्न्थमात्र नभएर एक प्रेरक पुस्तक हो हामी सबैले जिवनमा एक पटक पढ्न नै पर्ने पुस्तक हो भन्ने मेरो पढीसकेपछीको बुझाई  हो ।
पढ्न मन त आजभन्दा केही बर्ष अगाडि नै मन लागेको थियो। यो पुस्तक पढ्न मनमा  हिक्मत आएको थिएन । पढ्नको लागि खासै उत्तम समय पनि मिलेको थिएन । बल्लतल्ल समय आयो हिक्मत जुटाए र एकपटक सर्सर्ती पढेर पनि सकाए । यसको अर्थ यो हैन कि मैले श्रीमद्भागवत गितामा श्रीकृष्णले अर्जुनलाई कुरुक्षेत्रमा दिएका उपदेश सबै बुझे मात्र मेरो दिमागमा आइरहेका विभिन्न भौतिक थरिका प्रश्नको जबाफलाई केही हद सम्म न्याय दिएको पाए। मैले यो पुस्तक बाट के कन्कुलुड गर्न सक्छु भने मैले जे बुझेको थिए त्यो बुझे साथै जे कुरालाई ब्याक्ति र समाजले मलाई मेरो बाल्यकालदेखि एउटा प्रसेप्शन बनाएर दिमागमा इमेज बनाएको थियो त्यो इमेजमा अब धेरै हद सम्म इलुजन छैन मतलब  क्लिएर गरायो भन्दा सायदै न्याय दिन सक्छु होला ।यो पुस्तक श्रीमद्भागवत  गीता   आज भन्दा लगभग ५ हजार वर्ष पहिला अर्थात् कलियुगको आरम्भमा महाभारतको कुरुक्षेत्र नामक युद्ध भूमिमा श्रीकृष्ण भगवानले गीताको उपदेश अर्जुनलाई दिएका  थिए । त्यसै उपदेशलाई श्रीमद्भागवत  गीताका रूपमा परिचित मानिन्छ। “भगवद् को अर्थ  भगवान् र गीताको मतलब गीत अर्थात् यस्तो गीत  जो स्वयं भगवानले आफ्नै मुखबाट गाएको भन्ने बुझिन्छ।” यसमा कर्मयोग, ध्यान योग, भक्ति योग, दिव्य ज्ञान ,परम ज्ञान, परम गोपनीयता ज्ञान एवंम योगविधिहरू जस्ता १८ अध्याय र ७०० श्लोक  क्रम अनुसार सुन्दर तरिकाले वर्णन गरेको  पाइन्छ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top