घुमक्कड, अध्ययन र अनुसन्धान द्रोसो दिन

दिन २: गार्मा देखि जुनबेसी सम्म
काठमाडौबाट जादाजस्तो तस्बिर मैले दिमागमा बनाएर गएको थिए त्यसको कयौं गुणा फरक र पृथक देखे।एकेडेमीमा बन्दै गरेको नवनिर्मित भवन, वरिपरिको परिधि, स्व्च्छ वातावरण, सुन्दर गार्मा गाउँ, हिमालको काखैमा अवस्थित हाम्रो कलेज, हिमालको अध्ययन, हिमाली जनजीवन, नेपालको पर्यटन र केही बर्षपछि यहि कलेजमा पढ्न यहि ठाउमा आउने छु ।यी सबै कुराले मलाई एकेडेमीको भिजन र उद्देश्यलाई फराकिलो तवरले बुझ्न मदत पुर्यायो । भोलिको भबिस्यमा एउटा नेपालको लागि मात्र नभएर पर्यटनको क्षेत्रमा पूरा बिस्वको लागि एक नयाँ आएम हो भन्दा फरक नपर्ला ।

नवनिर्मित भवन गार्मामा पहिलो दिनको ब्रिफिङ् हुदै

भोलीको दिनमा यसै क्षेत्रमा थुप्रो काम हामिले गर्न सक्नेछौ जुन संभावना यहाँ हामी बि. एम. एस. तेर्सो ब्याजका विद्यार्थीले देखिरहेका छौँ ।भवनहरु वेल फिनिष्ड छन । बन्दै गरेका भवनहरु तिब्र गतिमा बन्दै छन ।केही समय पश्चात् भवनहरु बनिसक्ने छन ।१५० मि. अग्लो यतिको पर्तिमुर्ति, होस्टेल, कक्षाकोठा, पुस्तकालय, कम्प्युटर ल्याब आदि इत्यादि । साझ पर्यौ । आजको लागि बस्ने व्यवस्था भयो । दिनभरको यात्राको ब्रीफिङ अनि खाना खाएर हिजोको दिनलाई सुन्दर र यादगार बनाएका थियौं ।
एका बिहान मेरो तीनबजे निद्रा खुल्यो। अरु दिन जस्तै आज पनि मैले मेरो दैनिकी मर्निङ रिचुअलबाट सुरुवात गरे। साथीहरु मस्त निन्द्राको समयमा मैले आफ्नो मर्निङ रिचुअल गर्न अलि अफ्ट्यारो थियो। अफ्ट्यारो यो मानेमा थियो कि; कहि मेरो कारणले उनीहरुको निन्द्रा खराव हुने त हैन ? नभन्दै म उठ्ने बित्तिकै म सङैको साथी पनि उठ्यो । तर, मेरो दिनको सुरुवात यसैबाट सदैब गर्नुपर्ने बानी परेकोले मैले साथिलाई सरि भनेर आरम्भ गर्नु थियो। त्यसकोलागि म उक्त कोठाबाट बाहिर गए र सङैको खाली कोठामा गए । १ घन्टा ३० मिनेट जति बिहानको निर्त्य कर्म गरेर सिध्याय । जब म मेरो निर्त्य कर्म सिध्यायर साथिहरु सुतेको कोठामा आए तब प्राय उठिसकेका र कोहि भर्खरै उठ्दै थिए। हामी सबैजना फ्रेस भयौं ।ब्याग प्याग गर्‍यौ र ब्याग सहित हामीलाई दिएको समयमा हाम्रो सुपरभाइजर र एड्मिन भएको ठाउँमा ६ बजे भेला भयौं । खाजा खायौं । खाजा खाइसकेपछि हामी गार्मामा बन्दै गरेको एकेडेमीको आफ्नो भवन र त्यो वरिपरिको परिधि अफिसिअल्लि अवलोकन गर्नु थियो र आजकै दिन यहाँबाट ट्रेक सुरुभइ भरे साझ जुनबेसी पुग्नु पर्ने पनि थियो । जसकालागी हामी पुर्णरुपमा तयारी थियौं ।

चिसो मौसममा बिहानको चिया खादै यहाँबाट देखिने भियु हेर्दै

यसरि हाम्रो आजको दिनको सुरुवात भएको थियो। भोलिका दिनमा ट्रेक गर्नु सजिलो होस् भनेर हामी सबैजनालाई अनिस दाइले कसरी हिड्ने, स्टिकको प्रयोग कसरी गर्ने जस्ता कुराहरू सिकाउनु भयो । यस्तै गर्दा गर्दै घडिले ६:३० बजाई सकेको थियो । हाम्रो अगाडिको यात्रा तय गर्न पर्ने थियो । यात्रा आरम्भ भयो । अनिसदाइले हाम्रो साथी निमेष जङ गाउलीलाई ग्रुपको ब्यबस्थापनको नेर्तित्व गर्ने जिम्मा दिनु भयो भने अर्को साथी युजेन लाल श्रेष्ठलाई स्विपरको जिम्मा दिनु भयो । हामी बसेको स्थानबाट फेरि त्यही स्थान आउने गरि हाम्रो कलेजको वरिपरिको परिधि अवलोकनको लागि टिम अगाडि बढ्यो । हामीसँग क्याम्पस चिफ रोमनाथ ज्ञवाली सर, सुपरभाइजर खड्क नारायण श्रेष्ठ सर, एकेडेमी असिस्टेन्ट अनिस दाहाल दाइ र अरु ३ जना यहीँको लोकल दाइहरु; जो हामिलाई असिस्ट गर्न हामी सङ्गै हिड्नु भयो ।

बन्दै गरेको यतिको प्रतिमूर्ति अगाडी हामि
यतिको प्रतिमूर्ति

शुरुमा हामी उकालो लागेर बन्दै गरेको यतिको प्रतिमूर्ति भएको ठाउँमा पुग्यो। त्यसको अवलोकनपछि ग्रुपमा फोटो लग्यौ। फेरि यात्रालाई निरन्तरता दियौ। उकालो लाग्यो। करिब ३०० मि. को उकालो हिडिसकेपछि मोटरेबल बाट आयो। उक्त बाटोमा करिब ३०० मि. जति हिडेर ओरालो जङ्गल भित्र छिर्यौ । जंगलभित्र देखिने विविधः कुराहरुलाई साथीहरुले आफूले बुझेको पढेको र सुनेको आधारमा स्वयम आफैले देख्न पाउदा, भोग्न पाउदा सबै साथीहरूको अनुहारमा एक प्रकारको खुशी देख्थे मैले। अझ त यो भन्दा बढी शान्त, सुन्दर र रमणीय वातावरणले सबैलाई खुशी बनाइरहेको थियो । उक्त जङ्गल भित्र बिभिन्न प्रजातिका बिरुवाहरु थिए। मैले चिनेकोमा लालिगुरास, खर्सु, सल्ला, सानासाना नेपाली कागजका बुटाहरु,ढ्टेलोको झारी, चुत्रोको झारी, ऐसेलुको झारी लगाएत मैले नचिनेका थुप्रो अरु प्रजातिका पनि बोटबिरुवा देखिन्थे । प्रायः बोटबिरुवाहरु सँग म परिचित थिए। व्यक्तिगत रुपमा भन्नुपर्दा म उक्त बिरुवासङ्ग जन्मदेखि नै परिचीत भएकाले खासै नयाँ अनुभव नभयता पनि हामी निश्चित उद्देश्य बोकेर आएकोले गहिरिएर एकै वस्तुलाई फरक-फरक तवरबाट हेर्दा केही नयाँ सिकिरहेको आभास भने भइरहेको थियो । यतिमात्र नभएर हामीसँगै हिडेका कतिपय साथीहरुलाई सबै कुराहरू नँया लागिरहेको थियो। नयाँ ठाउँ नयाँ परिवेश र प्रकृतिसँगको सम्बन्धले साथीहरुले केही नयाँ अनुभव गरेको मैले उनिहरुको अनुहारमा देखिने खुशीको भावले बुझे ।

कलेजको वरिपरिको परिधिको अवलोकन

जंगलको अवलोकन
जंगलको अवलोकन

जङ्गल भरी पनि ठाउँ- ठाउँमा रोकिदै, भोलिका दिनमा उक्त जङ्गल क्षेत्र जुन एकेडेमीको हो लाई कसरी हामिले सदुपयोग गर्न सक्छौं भन्ने कुराको बहस पनि गर्यौ ।त्यही अनुरुप सरहरुले एड्भेन्चर एक्टिभिटिज; जङ्गल सफारी, ट्रेल, बाइक राइडिङ, साइकल ट्रेल, क्यापियन, अन्तरिक्षको अध्ययन अनुसन्धान, ध्यान र मेडिटेशन केन्द्रको बिस्तार जस्ता कुराहरूको पोटेनशिएल छ भन्ने कुरालाई जोड दिनु भयो र हामिले पनि ध्यान दिएर सुन्यौं ।यतिमात्र नभएर बोटबिरुवा र जनावरहरुहरुको समेत अध्ययन अनुशन्धान गर्नको लागि समेत एक उपयुक्त ठाउँ हुन सक्छ भन्ने कुराको पनि जोड दिनुभयो ।यसरी हाम्रो जङ्गलको अवलोकन पछि फेरि हामी सुरुको बिन्दुमा आइपुग्यौं ।अहो ! मैले भुसुक्कै बिर्सेको अर्को पक्ष त जङ्गलको बिचबिचका सानाठूला रुखहरुको बाहिरी बोक्रा काटेर रुख सुखाको र कतिपय काठको चोरि गरेको देख्दा अलि दुख पनि लाग्यो तर अर्को पाटो स्थानीयका लागि दिनहु चाहिने आवस्यक बस्तुहरु यसै जङ्गलमा भर पर्नु पर्ने तर जङ्गललाई स्थानीयले प्रयोग गर्न नपाएको कारणले पनि हुन सक्छ; स्थानीयहरुले यसरी चोरी गरेको । यो सम्भायत खोजी र अनुसन्धानको बिषय पनि हो ।यो दुबै पक्षलाई हामिले गहिरिएर अध्ययन अनुसन्धान गरि दुबै पक्षलाई हानी नहुने गरि समाधान गर्नु पर्छ जस्तो लाग्छ।

कलेज भवन
कम्प्यूटर ल्याब
जुनबेसीको लागि गार्माबाट यात्रा शुभारम्भ

झोलाहरु उठायौ । आ- आफुले आफ्नो झोला भिर्यौ ।ग्रुपमा केही फोटो लग्यौ । अनिस दाइले ग्रुपको लिड गर्नुभयो ।हामी ओरालो लाग्यौं ।लाइब्रेरी हुँदै अवलोकन गर्दै केही समय पश्चात् मोटरेवलबाटोमा पुग्यौं ।आजको हाम्रो गन्तव्य जुनबेशी गाउँ सम्मको थियो ।मोटरेवल बाटोमा पुगिसकेपछि हाम्रो नर्मल ट्रेकिङ सरुवात भयो ।

यात्रामा

बाटोभरी देखिने घर, घरको कलाकौशलता, पुराना घरहरू, मानिसहरुको जिवनशैलि आदि इत्यादि कुराहरू बुझ्दै र महशुस गर्दै हामी लाम लागेर यात्रालाई निरन्तरता दियौं ।यसरी हामी केही समयपछी सल्लेरी पुग्यौं ।सल्लेरी सोलुखुम्बु जिल्लको सदरमुकाम हो ।सल्लेरी सदरमुकाम र पर्यटकीय दृस्ठिकोणले अत्यन्तै महत्वपूर्ण ठाउँ भएकाले पनि यो ठाउँ प्रसीद्द छ ।आजभोलि कोहि आउदैन तर कोरोना अघि पर्यटकको खचाखच हुन्थ्यो भन्दै थिए त्यहाँका स्थानीय बासिन्दा र ब्यबसाहीहरु । हामिले पनि त्यहाँ खासै पर्यटक देखेनौ । यसको मुख्य कारण अहिलेको कोरोना भाइरसको बिसम प्रस्थितीले नै हो ।

सोलुखुम्बुको सदरमुखकाम सल्लेरी

आज मार्च ८ भएकाले यहि सल्लेरी बजारमा महिलाहरुको एक र्यालि बजारमा स्कुटीसङ्गै निस्केको देखियो ब्यानरमा महिलाको हक हितको निमित्त विभिन्न नाराहरु लेखिएका थिए । मार्च ८ अर्थात अन्तरास्ट्रिय नारी दिवसको अवसर पारेर त्यहाँ एक भवनको उद्घाटनसङ्गै विभिन्न कार्यक्रमहरु आयोजना गरिएको रहेछ। हामी त्यहाँ पुग्दा पालिकास्तरीय भलिवल प्रतियोगिता भइरहेको थियो ।

घरहरू र घरको आर्किटेक्ट

सुन्नाम आए अनुसार भूकम्पमा भत्किएको पुरानो घर

यतिबेला हाम्रो टिम बिभाजन भएर दुई चार जना दुई चार जनाको स-सानो ग्रुपमा कोहि अगाडि कोहि पछाडी भइसकेका थियौ त्यस्तै म र मेरो साथी मिङ्मा छिरी शेर्पा सङ्गै थियौं । मिङ्मा मेरो कलासमेट हो र यहि सोलुखुम्बुको बासिन्दा पनि। उ यहाँको जनजीवन र ठाउँको बारेमा राम्रो सङ्ग परिचीत छ । परिचीत भएकाले नै मैले उ सङ्ग धेरै कुराहरू सिक्ने अवसर पाइरहेको थिए ।

फाल्पूमा खाना खाइसकेपछी अगाडीको यात्रामा जुट्दै हामि

यसकालागि मेरो साथी मिङ्मालाई धेरै धन्यवाद । भोगको महशुस हुन्छ । मिङ्माले आफुले चिनेको एउटा होटेलमा लग्यो ।म र मिङ्मा गयौं । थुक्पा र सु- चिया खायौं ।जुन स्वाद मेरोलागि नयाँ स्वाद थियो ।नयाँ स्वादको आनन्द मैले मज्जाले लिए । त्यसपछि हामिले यात्रालाई निरंतरता दियौं ।
करिब १ घन्टाको यात्रा पछि खाना खाने स्थान फाल्पुमा पुग्यौं । धेरै जना अगाडि नै पुगेर पछाडीका साथिलाई खान खानको लागि कुरेर बसेका थिए । हामी पुगिसक्दा पनि केही साथी पुगिसकेका थिएनन् । केहिसमयपछि सबै जना त्यहाँ आइपुग्य। हामिले संगै बिहानको खाना फाल्पुमा खायौं र यात्रालाई निरंतरता दियौं ।

प्रकृतिकोकाखमा एक अर्का साथिहरुसङ्ग मज्जाले गफिदै यात्रा गर्दा प्राय साथिहरुले यात्राको मज्जा लगिरहेका थिए त कतिलाई हिड्न अफ्ट्यारो भइरहेको थियो । बाटोमा पानी पर्यो एउटा गोठमा ओत लाग्यौं।पानी अलि छिम्कियो । घडिले पनि ५:३० वजाइसकेको थियो यसरी करिव गार्मा देखि २८ किलोमीटरको ट्रेक पश्चात् हामीलाई जुनबेसीले स्वागत गर्‍यो ।

 

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top